१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


कृषि एम्बुलेन्स सञ्चालन गर्ने इच्छाकामना गाउँपालिकाको तयारी


65
Shares

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गर्ने तयारी गरेको छ ।

कृषि क्षेत्रको समस्या समाधान गर्नका लागि संघीय सरकार र गाउँपालिकाले बजेट विनियोजन गरेको छ ।

पालिकाभित्रका पहाडी क्षेत्रका कृषकलाई लक्षित गरेर कृषि एम्बुलेन्स खरिद गर्न लागेको गाउँपालिकाले जनाएको छ । घुम्ती सेवामार्फत कृषि उत्पादन कृषकका घरबाट बजारसम्म पुर्‍याउने जनाइएको छ ।

गाउँपालिकाको वडा नं १, २ र ७ का कृषकले उत्पादन गरेका कृषिजन्य उत्पादनको सहज ढुवानीका लागि तीनवटा कृषि एम्बुलेन्स खरिद गर्ने तयारी गरिएको हो ।

यसका लागि संघीय सरकारको ४० लाख रुपैयाँ तथा पालिकाको २५ प्रतिशत र कृषि समूह तथा सहकारीको २५ प्रतिशत रकमबाट कृषि एम्बुलेन्स खरिद गर्ने योजना रहेको गाउँपालिकाले जनाएको छ ।

कृषि एम्बुलेन्सले भौगोलिक विकट पहाडी क्षेत्रका कृषकले उत्पादन गरेका तरकारी तथा फलफूलले बजार नपाएर बारीमा फाल्नुपर्ने विवशता हट्ने गाउँपालिकाको विश्वास छ ।