१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


झापाका कृषकले उचित मूल्य नपाएको भन्दै सडकमा फाले अण्डा र कुखुरा


169
Shares

काठमाडौं । झापाका कृषकले उचित मूल्य नपाएको भन्दै बिर्तामोडको मुक्ति चोकमा अण्डा र कुखुरा फालेका छन् ।

आफ्ना उत्पादनले उचित मूल्य र बजार पाउनु पर्ने माग राख्दै उनीहरुले अण्डा र कुखुरा सडकमा फालेर सरकारको ध्यानाकर्षण गराएको जनाएका छन् ।

कृषिमा आत्मनिर्भर हुन सरकारले आग्रह गरेको तर त्यसको बजारीकरण नगरेकाले बाध्य भएर सडकमा उत्रिनु परेको उनीहरुको भनाइ छ ।

सरकारले बजारीकरणमा सहयोग नगरेकै कारण बिचौलिया मोटाउने र कृषक मर्ने स्थिति आएको उनीहरुले गुनासो गरेका छन् ।