
कपिलवस्तु । लुम्बिनी प्रदेशका बिना विभागीय मन्त्री चेतनारायण आचार्यले गुणस्तरीय शिक्षा आजको आवश्यकता भएको बताउनुभएको छ ।
कपिलवस्तुको विजयनगर गाउँपालिकामा रहेको दुधाधारी नमुना विद्यालयको ६५ औं वार्षिकोत्सव एवम् अभिभावक दिवसको अवसरमा उहाँले गुणस्तरीय शिक्षा मंगलबारको आवश्यकता भएको बताउनुभएको हो ।
राज्यले शिक्षा क्षेत्रमा ठूलो लगानी गर्दै आएको भएपनि त्यसको सही सदुपयोग गर्न नसकेको भन्दै उहाँले शिक्षालाई श्रम र उत्पादनसँग जोड्दै लैजानु पर्नेमा उहाँले जोड दिनुभयो ।
गाउँपालिकाका लागि लुम्बिनी प्रदेश सरकारले भर्खरै २ करोड रुपैयाँ बजेट छुट्याएको बताउँदै यसले स्थानीयको जिवीको पार्जनमा समेत टेवा पुग्ने उहाँको विश्वास छ ।
प्रतिक्रिया दिनुहोस्