२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


झापामा चार जना भारतीय नागरिक हतियारसहित पक्राउ


91
Shares

काठमाडौं । झापाको मेचीनगर नगरपालिका–६ स्थित भन्सार गेटनजिक चार जना भारतीय नागरिक हात हतियारसहित पक्राउ परेका छन् ।

भारत घर भएका २० वर्षीय ओम साहसहित चार जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टा र सशस्त्र प्रहरी बलको बिओपीको संयुक्त टोलीले फलाम र काठले बनेको बन्दुक दुई थान, फलाम र काठले बनेको एयर पेस्तोल जस्तो देखिने गन एक थान, १ सय ७० राउण्ड गोली र ५० राउण्ड छर्रा गोलीसहित उनीहरुलाई पक्राउ गरेको हो ।