१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ताप्लेजुङको तोक्मेडाँडा सामुदायिक वनमा आगलागी, आगो नियन्त्रण बाहिर


26
Shares

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकास्थित तोक्मेडाँडा सामुदायिक वनमा आगलागी भएको छ ।

बजार र बस्ती नजिकै रहेको वन क्षेत्रमा मंगलबार दिउँसो भएको आगलागी साँझसम्म नियन्त्रणमा आउन सकेको छैन ।

आगलागी भएलगत्तै यहाँका तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मी र स्थानीयले बस्तीतर्फ बढेको आगो नियन्त्रण गरेका थिए । समयमै अग्नि रेखा बनाएर आगो नियन्त्रण गरेपछि कफि हाउस लाइनको बस्ती जोगिएको छ ।

आगलागी क्षेत्रमा सल्लाका मात्रै रुख भएकाले छोटो समयमै आगो ठुलो क्षेत्रमा फैलिएको थियो । पूर्व तर्फको भागमा अझै पनि आगो सल्किरहेको स्थानीयले बताएका छन् । आगलागीको कारण भने नखुलेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

आगो नियन्त्रणमा नआउँदासम्म सुरक्षाकर्मीहरु नियन्त्रणमै खटिने प्रहरीले जनाएको छ ।