७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


कृष्णनगरमा प्रथम राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप प्रतियोगिता सुरु


143
Shares

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकामा प्रथम राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप खेलकुद प्रतियोगिता सुरु भएको छ ।

नगरपालिकामा रहेका सामुदायिक तथा निजी विद्यालयहरुबीच विभिन्न खेलकुदका विद्यामा रनिङ शिल्ड प्रतियोगिताको आज उद्घाटन गरिएको हाे ।

राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप प्रतियोगिताको उद्घाटन गर्दै निवर्तमान प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाहले खेलकुदले विद्यार्थीहरुमा अनुशासनको पालना सगै आपसी सद्भाव कायम गराउने बताउनु भयो ।

खेलकुदले नगरको पहिचानलाई अन्तरास्ट्रिय स्तर सम्म पुराउन सहयोग गर्ने हुदा नगरले शिक्षा सगै खेलकुदलाइ पनि प्रथमिकता दिनु पर्ने शाहले बताउनु भयो ।

नगरले प्रथम पटक सञ्चालन गर्न सफल भएको राष्ट्रपति रनिङ शिल्ड र मेयर कप खेल उद्घाटन सत्र निकै सौहाद्रपुर्ण र अनुशासित भएको भन्दै सहभागी खेलाडिहरुलाइ जितको सुभकामना समेत व्यक्त गर्नु भयो ।

कार्यक्रममा नगर प्रमुख रजत प्रताप शाहले पहिलो पटक सुरुवात गरिएको रनिङ शिल्ड र मेयर कपको तयारीमा केही कमी भए पनि आगमी दिनमा यसको सिकाइबाट व्यवस्थित बनाउँदै लगिने र विद्यालयमा पठन पाठन सँगै अतिरिक्त क्रियाकलापमा विद्यार्थीहरुलाइ सहभागी गराइ खेलकुदलाइ विशेष प्राथमिकता दिइने बताउनु भयो ।

स्वस्थका लागि पनि खेलकुद अपरिहार्य भएकोले विद्यालयहरुले शिक्षण सिकाइसँग सँगै खेलकुदमा पनि विद्यार्थीलाई सहभागी गराउनु पर्ने मेयर शाहले बताउनु भयो । नगरकै सानको रुपमा यस प्रतियोगिताले जिल्लामा नै फरक पहिचान बनाउने समेत शाहले बताउनु भयो ।

खेलकुदले विद्यार्थीलाई अनुशासनमा राख्ने र शारीरिक सुगठनको लागि सहयोग पुग्ने भएकोले खेलकुदमा विद्यार्थीलाई सहभागी बनाउनु पर्ने प्रमुख प्रशासकिय अधिकृत इश्वरि प्रसाद शर्माले बताउनु भयो ।

शिक्षाको शसर्त कार्यक्रम अन्तर्गत रहेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता विगतमा वर्षमा विविध कारणले खेलाउन नसकिए पनि यस वर्षबाट सुरुवात गर्न सफल भएको शर्माले बताउनु भयो । खेललाइ भब्य सभ्य रुपमा सम्पन्न गर्न नगरको शिक्षा शाखा , जिल्ला खेलकुद विकास समिति, प्राविधिक टिम, विद्यालयका प्रअ , व्यवस्थापन समिति, प्रतिस्पर्धी विद्यार्थीहरुलाई आग्रह गर्नु भयो ।

कृष्णनगर बहादुरगन्जमा रहेको रामगोरखा माध्यमिक विद्यालयको खेल मैदानमा आज बाट सुरु भएको प्रतियोगितामा नगरका १४ वटा विद्यालयहरुको सहभागिता रहेको नगरपालिकाले जनाएकाे छ ।