
कैलाली । प्रवासी नेपालीहरूकाे आर्थिक सहयाेगमा कैलालीमा पहिरोबाट विस्थापित भएका बालबालिकाहरूलाई न्यानो कपडा हस्तान्तरण गरिएकाे छ ।
जिल्लाको चुरे गाउँपालिका–४ को पनेरुगडा अव्यवस्थित रुपमा बसोबास गर्दै आइरहेका विस्थापित परिवारमा आश्रित बालबालिकाहरूलाई मंगलबार न्यानो कपडा हस्तान्तरण गरिएको हो । कैलालीका पत्रकार वीरेन्द्र रावलको समन्वयमा अमेरिकाको क्यालिफोर्नियाको लसएन्जल्समा बस्दै आएका प्रवासी नेपालीहरू कृष्ण आचार्य, कुमार खड्का, महेश आचार्य, हरिहर आचार्य, योगेन्द्र अछामी, सरोज रावत, गणेश गुरुङ र एनिसटेन तिवारीको आर्थिक सहयोगमा १ सय जना बालबालिकाहरूलाई न्यानो कपडा सहयोग गरिएको हो ।
पत्रकार रावलकाअनुसार उनीहरुले संकलन गरेर पठाएको ८० हजार रुपैयाँ बराबरको न्यानो कपडा बालबालिकाहरुलाई प्रदान गरिएको हो । पनेरुगडा पुगेर रावलले उनी बालबालिकालाई लुगा हस्तातरण गरेका हुन् । चुरे गाउँपालिका–४ र ६ मा स्थायी बसोबास रहेका करिब २ सय घरपरिवारका मानिसहरू २०७७ सालमा पहिरोबाट विस्थापित भएका थिए ।
विस्थापित भएपछि उनीहरु पनेरुगडास्थित चुरे क्षेत्रको जंगलमा बस्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्