
काठमाडौं । चलचित्र निर्देशक सुदर्शन थापा र सञ्चारकर्मी एवं मोडल सुप्रिया कटुवालले बेबी बम्प सार्वजनिक गरेका छन् ।
निर्देशक सुदर्शनले बुधबार सामाजिक सञ्जाल मार्फत बेबी बम्पका तस्वीरहरू सार्वजनिक गरेका हुन् । उनले तस्वीरहरू सार्वजनिक गर्दै फेसबुकमा आफ्नो बच्चालाई भेट्ने प्रतिक्षा तीब्र रहेको भन्दै लेखेका छन् ।
लभस्टोरी फिल्म निर्देशनमा आफूलाई अब्बल प्रमाणित गरिसकेका सुदर्शनले निर्देशन गरेको चलचित्र ‘प्रसाद-२’ को छायांकन हालै सकिएको छ । सुप्रियाले ‘साँढे सात’ नामक चलचित्रका साथै दर्जनौँ म्युजिक भिडियोमा अभिनय गरेकी छन् ।
२०७८ असोजमा विवाह बन्धनमा बाँघिएका सुदर्शन र सुप्रिया लामो समय देखि प्रेम सम्बन्धमा थिए ।
प्रतिक्रिया दिनुहोस्