
इलाम । इलामको चुलाचुली गाउँपालिकाले जनता माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि आवश्यक सवारी साधन हस्तान्तरण गरेको छ ।
सामुदायिक विद्यालय सुधार गर्ने मुख्य लक्ष्य लिएको गाउँपालिकाले पहिलो पटक यस विद्यालयका विद्यार्थीको आवतजावतका लागि बस हस्तान्तरण गरेको हो । नमूना घोषणा भएको साेही विद्यालयमा सिविल इन्जिनियर अध्ययनरतसहित ७ सय विद्यार्थी रहेका छन् । ग्रामीण क्षेत्रमा मोटरबाटो पुगेपछि विद्यालयमा आफ्नै बस सञ्चालन गर्न सकिने उदाहरण यस विद्यालय बनेको छ ।

सामुदायिक विद्यालयको सुधारलाई प्राथमिकता दिएको चुलाचुली गाउँपालिकाले जनता माध्यमिक विद्यालयमा बस हस्तान्तरण गरेको छ । प्राविधिक क्षेत्रमा समेत अध्ययन हुँदै आएको विद्यालयमा विद्यार्थी ओसार्न भाडाको गाडि प्रयोग हुँदै आएको थियो ।
प्रदेश र संघीय सरकारसँग सवारी साधनको माग ५ वर्षदेखि गर्दै आएपनि गाउँपालिकाले विद्यालयलाई बस हस्तान्तरण गरेपछि शिक्षक विद्यार्थी खुशी भएका छन् । भाडाको गाडी सञ्चालन गर्दा मासिक ५० हजार खर्च गर्दै आएको विद्यालयमा आफ्नै सवारीसाधन आएपछि विद्यार्थीबाट न्यून शुल्क लिने योजना रहेको प्रधानाध्यापक लक्ष्मेश्वर वनबरिया यादवले बताउनुभयो ।

विद्यालय बस एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङ उपाध्यक्ष दिलु लावती र प्रमुख प्रशासकीय अधिकृत डिल्ली सुवेदीले हस्तान्तरण गर्नुभयो । नमूना घोषणा भएको जनता माध्यमिक विद्यालयमा सिविल इन्जिनियर अध्ययनरतसहित ७ सय विद्यार्थी रहेका छन् । ग्रामीण क्षेत्रमा मोटरबाटो पुगेपछि विद्यालयमा आफ्नै बस सञ्चालन गर्न सकिने उदाहरण यो विद्यालय बनेको छ ।

सिभिल इन्जिनियर विद्यार्थीको सुविधाका लागि बिहान र माध्यमिक विद्यालयमा अध्ययरत विद्यार्थीका लागि दिनभर बस सञ्चालन हुने भएकाे छ । सामुदायिक विद्यालयको खस्कदो शैक्षिक अवस्था सुधारका लागि बजेट वृद्धि गरिएको गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले बताउनुभयो ।
स्मार्ट विद्यालय बनाउने योजनाका साथ अहिले पूर्वाधार निर्माणको काम समेत हुँदै आएको छ । विद्यालयमा अहिले संस्थागत विद्यालायहरुमा अध्यययन गर्ने विद्यार्थीको आकर्षण समेत बढेको छ । चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङले भने पालिकाका लागि सवारी साधन खरिद गर्न छुट्याएको रकमले विद्यालयका लागि स्कुल बस खरिद गरिएको बताउनुभयो ।
पालिकाका लागि गाडी किन्न छुट्याइएको बजेटबाट पहिलो पटक एक सामुदायिक विद्यालयलाई स्कुल बस किनिदिएका हुन् । विद्यालयलाई अब्बल बनाउँदै शिक्षामा सबैको पहुँच बढाउन भन्दै अध्यक्ष केरुङले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्दै विद्यार्थीको आकर्षण बढाउन विद्यालयलाई स्कुल बस किनिदिएका हुन् ।
बसबाट विद्यालयका सेवा क्षेत्रसहित छिमेकी जिल्ला झापाको दमक र केर्ख लगायतका क्षेत्रबाट आउने विद्यार्थी लाभान्वित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्