
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्रीले सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को चर्को आलोचना गर्नुभएको छ ।
संसद भित्रै संविधानविरुद्ध विषवमन गरेर सो पार्टीले ‘जात्रा’ देखाएको भन्दै उहाँले आपत्ति समेत जनाउनुभयो । बुधबार काठमाडौंमा आयोजित ‘अबको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विषयक विचार गोष्ठीमा बोल्दै सचिव झाँक्रीले जनतालाई फेरि पनि निराश बनाउने गरी संविधान र व्यवस्थाकोविरुद्ध नबोल्न पनि राप्रपालाई चेतावनी दिनुभयो ।
सचिव झाँक्रीले ठूला दलहरुले जनताको अवस्थामा परिवर्तन हुने गरी कामै गरेर देखाउने बेला आएको पटक–पटक दोहोर्याउनुभयो । उहाँले सरकारमा गएकाहरुले पनि जिम्मेवारीपूर्ण ढंगले जनताको पक्षमा काम गर्नुपर्ने बताउनुभयो ।
सचिव झाँक्रीले व्यवस्था परिवर्तन भएकाले अब जनताको अवस्था परिवर्तन हुने गरी काम गर्नेगरी सबै राजनीतिक दलहरुले योजना बनाउनुपर्ने बताउनुभयो । उहाँले बदलाको भाव राखेर मुलुकलाई समृद्ध बनाउन नसकिने पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्