१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


एमडीएमएस प्रणाली लागू गर्न मोबाइल वितरक संघको माग


91
Shares

काठमाडौं । नेपाल मोबाइल वितरक संघले सरकारलाई मोबाइल डिभाइस म्यानेजमेन्ट अर्थात एमडिएमएस पुनः लागू गर्न अनुरोध गरेको छ ।

बुधबार काठमाडौंमा कार्यक्रम आयोजना गर्दै संघले एमडिएमएस लागू नभएकोले तस्करहरुले खुलेआम अवैध मोबाइल भित्र्याईरहेको बताएको हो । विदेशबाट नेपालीहरुले ल्याएको वा पठाएको मोबाइलमा भन्सार छुट गरि एमडिएमएस निःशुल्क दर्ता गरे मोबाइलमा अवैध कारोबार रोक्न संघले सुझाव दिएको छ ।

नेपालमा बर्षेनी १४ अर्ब बराबरको मोबाइल अवैधानीक तथा भन्सार नतिरी विदेशबाट भित्र्याउने गरिन्छ । नेपालमा वार्षिक ३८ देखी ४० अर्ब रुपैयाँ बराबरका मोबाइल सेट आयात हुने गरेको पनि संघले जनाएको छ ।

नेपाल दुर संचार प्राधिकरणले गत पुस १५ गते देखि लागु हुने गरि एमडिएमएस लागू गरेकोमा प्रधानमन्त्री पुष्पकमल दहालले निर्णय लागू नगर्न निर्देशन दिनुभएको थियो ।