२ चैत्र २०८१, शनिबार | Sun Mar 16 2025


शेयर बजारमा ७ अंकको गिरावट


26
Shares

काठमाडौं । शेयर बजारमा मंगलबार आएको उछाल एक दिन पनि टिक्न सकेन । दिन भरको उतार चढावकाबीच शेयर बजार परिसूचक बुधबार ७.१३ अंकले घटेर २१७० दशमलब २१ विन्दुमा आएको छ ।

बजार घटे पनि बुधबार कारोबार ३ अर्ब ६९ करोड १९ लाख ७३ हजार पुगेको छ । अन्य समूह बाहेक बुधबार कारोबारमा आएका अरु सबै उपसूचकमा गिरावट आएको छ ।

नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ११ करोड २८ लाख ६७ हजार रुपैयाँको कारोबार हुँदा अपि पावरको १० करोड २१ लाख ६७ हजार र ङ्यादी ग्रुप पावरको ८ करोड ९५ लाख १३ हजारको कारोबार भएको छ । तेह्रथुम पावर कम्पनीको शेयर मूल्य सवैभन्दा धेरै ३ दशमलव ३२ प्रतिशतले वृद्धि हुँदा धौलागिरि लघुवित्तको ३ दशमवल ०८ प्रतिशत र राधि विद्युत कम्पनीको २ दशमलव ५९ प्रतिशतले बढेको छ ।

बुधबार आदर्श लघुवित्तको सेयरमूल्य सवैभन्दा बढी ५ दशमलव १४ प्रतिशतले घटेको छ भने पोखरा फाइनान्सको ४ दशमलव ९८ प्रतिशत र ग्रिन भेञ्चर्स लिमिटेडेको ३ दशमलव ८८ प्रतिशतले घटेका छन् ।

कारोबारमा आएका २१६ वटा कम्पनी मध्ये ६७ वटाको सेयरमूल्य वृद्धि हुँदा १४२ कम्पनीको शेयर मूल्य घटेको छ ।