२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


खेल क्षेत्रलाई सुव्यवस्थित बनाउन आवश्यक छ : सभामुख घिमिरे


39
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले खेलकुद क्षेत्रलाई सुव्यवस्थित बनाउनसके राष्ट्र र राष्ट्रियतालाई माथि उठाउने बताउनुभएको छ ।

बिहीबार सार्वजनिक संस्थान खेलकुद विकास संघ नेपालद्वारा आयोजित १३ औं सार्वजनिक संस्थान खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै यस्तो बताउनुभएको हो । उहाँले खेलकुदले शारीरिक, मानसिक विकास मात्रै नभइ सहकार्यलाई पनि बढाउन सहयोग गर्ने बताउनुभयो ।

उहाँले पहिला शारीरिक श्रमले शरीरलाई तन्दुरुस्त बनाउने गरेपनि मानिसहरु अहिले मानसिक काममा नै बढी केन्द्रित हुन पुगेकाले खेलकुदकै माध्यमबाट शरीरलाई तन्दुरुस्त राख्नुपर्ने अवस्था रहेको बताउनुभयो । उहाँले सार्वजनिक संस्थानहरुले गर्ने खेल क्षेत्रका कार्यक्रमलाई तल्लो स्तरबाट नै अघि बढाउन सके खेलकुदमा युवाहरुको आकर्षण बढ्ने बताउनुभयो ।

सभामुख घिमिरेले खेलकुदलाई सुव्यवस्थित बनाएर खेल क्षेत्रको विकास गर्न आवश्यक रहेको बताउँदै खेलकुदले देशमा आत्मियता र गौरब बढाउने बताउनुभयो । उहाँले नेपालले खेलकुदमा प्रगति गरिरहे पनि पर्याप्त नभएको बताउनुभयो ।