१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विवेकशील साझा पार्टीको महाधिवेशन शुक्रबारदेखि सुरु


104
Shares

काठमाडौं । विवेकशील साझा पार्टीको पहिलो महाधिवेशन माघ २७ गते (शुक्रबार)देखि काठमाडौंमा सुरु हुने भएको छ ।

महाधिवेशनको सम्पूर्ण तैयारी सकिएको र पार्टीका नेता केशव दाहालको नेतृत्वमा ५ सदस्यीय निर्वाचन समिति गठन भएसँगै महाधिवेशनको प्रक्रिया सुरु भएको पार्टीले जनाएको छ ।

पार्टीले आफ्नो पहिलो महाधिवेसन आयोजना गर्न लागेको हो । यो महाधिवेशनले पार्टीलाई नयाँ नेतृत्व र नीतिगत स्पष्टता दिने बताइएको छ । पार्टीका पूर्वअध्यक्ष रविन्द्र मिश्रले राजावादी दस्तावेज ल्याएपछि विवादको भुमरीमा परेको विवेकशील साझा अहिले उहाँको वहिर्गमनसँगै गति लिने आशामा महाधिवेशन गर्न लागेको जनाएको छ ।

विवेकशील साझाको पहिलो महाधिवेशन दुई दिनसम्म काठमाडौंमा संचालन हुने छ ।

महाधिवेशन सहमतिमा सम्पन्न गर्ने र यसपछि पार्टीलाई अनुभव र उर्जासहितको प्रमुख पार्टीको रुपमा स्थापित गराउने नेताहरुको दावी छ ।

महाधिवेसन आयोजक समिति संयोजक समिक्षा बास्कोटाले यो महाधिवेशनले पार्टी जीवनमा महत्वपूर्ण योगदान गर्ने र आफूहरुको अगुवाइमा सुरु वैकल्पिक अभियान अब नयाँ चरणमा पुग्ने बताउनुभयो ।

पार्टीका नेता प्रकाशचन्द्र परियारले विवेकशील साझा पार्टी ७२ सालको संविधानलाई आत्मसात गर्दै समाधानमुखी र पब्लिक सर्भिस डेलिभरी केन्द्रीत मुद्धाको जगमा अझ सशक्त रुपमा अघि बढ्ने संकल्पका साथ अघि बढ्ने बताउनुभाये ।

पार्टीका नेता मिलन पाण्डेले पार्टीको पहिलो महाधिवेशनले विवेकशील साझालाई गम्भीर र अनुभवसहितको वैकल्पिक शक्तिको रुपमा स्थापित गर्ने बताउनुभयो । रन्जु दर्शनाले विवेकशील साझा पार्टीले उठाइरहेका नविन राजनीतिका मुद्दाहरु सडक बाटै उठाउने र त्यसको लागि सक्षम शक्ति बनाउने बताउनुभयो ।

महाधिवेशनको पूर्व सन्ध्यामा पार्टीका नेता केशव दाहालले वैकल्पिक राजनीतिको स्पेस फराकिलो बनेकोले विवेकशील साझा पार्टी गम्भीर राजनीतिक शक्तिको रुपमा स्थापित गर्ने बताउनुभयो ।

महाधिवेशन २ दिनसम्म संचालन हुने छ ।