२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सरकारमा अहिल्यै जादैनौं : झलनाथ खनाल


117
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले आफूहरु सरकारमा अहिल्यै नजाने बताउनुभएको छ ।

बिहीबार निर्वाचन प्रणाली सुधारको सम्बन्धमा निर्वाचन आयोगले राखेको छलफलमा उपस्थित हुन सिंहदरबार आउनुभएका खनालले सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै सरकारमा जानेकुरा नभएको बताउनुभएको हो ।

उहाँले सरकारलाई आफूहरुले दिएको समर्थन जारी रहने बताउनुभयो । सरकारले राम्रो काम गरुञ्जेल आफूहरुको समर्थन रहने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘समर्थन चाहीँ हामीले गरेकै छौँ । समर्थन हाम्रो जारी नै रहन्छ । सरकारले राम्रो काम गरुन्जेल । अथवा नराम्रो काम नगरुन्जेल । नराम्रो काम नगरुन्जेल हाम्रो समर्थन रहन्छ । तर अहिले सरकारमा जानेकुरा हाम्रो त्यस्तो केही छैन ।’

उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा (एकीकृत समाजवादी)लाई सरकारका आउन गरेको आग्रहको बारेमा आफूलाई थाहा नभएको प्रतिक्रिया दिनुभयो ।