१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


तेह्रथुममा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भीर घाइते


195
Shares

तेह्रथुम । तेह्रथुमकाे म्याङलुङ नगरपालिक १० सुर्केमा बिहिबार राति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

साेही दुर्घटनाका एक जना गम्भीर घाइते भएका हुन । वसन्तपुरबाट म्याङलुङतर्फ खाना पकाउने ग्याँस लिएर आउँदै गरेको को २ त ५५३८ नम्बरको ट्याक्टरले पैदलयात्री ६२ वर्षीय दलबहादुर लिम्बुलाई ठक्कर दिएको थियो । त्यसपछि अनियन्त्रित भएको ट्याक्टर घरको छानामा पल्टिएर खाना पकाउदै गरेकी ७६ वर्षीया हर्क मोती लिम्बुलाई किचेको ट्राफिक प्रहरी जवान सन्तोष भुजेलले बताउनुभयाे ।

घाइते लिम्बुको उपचारको क्रममा जिल्ला अस्पताल तेह्रथुममा मृत्यु भएको छिमेकी बिजेस भटराईले बताउनुभएकाे हाे । गम्भीर घाइते दलबहादुरको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ पठाइएको प्रहरीले बताएकाे छ । दुर्घटना भए लगत्तै फरार भएका चालक २२ वर्षका देशबहादुर लिम्बुलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाको कारण भने खुल्न नसकेको ट्राफिक प्रहरीकाे भनाइ छ ।