
सर्लाही । सर्लाहीमा केही वर्ष पहिला उखु कृषकहरूलाई उखु तौलने पूर्जी (चलान) प्राप्त गर्न कठिन हुने गरेको थियो ।
तर पछिलो समय उखु कृषकहरूलाई चलान पाउन सहज हुन थालेको हाे । जसको प्रमुख कारण सर्लाहीमा मात्र ३ वटा मिल संचालनमा आउनु हाे । अर्कातिर एउटा मात्र मिल संचालन हुँदा भन्दा पनि थोरै उखु खेती हुनु हाे । एकातिर खेती घटेको छ भने अर्को तिर मिलको संख्या बढ्दा कृषकहरूलाई केही राहत भएको भय पनि मिन संचालक भने मारमा परेका छन् ।
२०७० सालतिर सर्लाहीमा करिब ७० हजारको हाराहारिमा उखु खेती हुने गरेको कुषि ज्ञान केन्द्र सर्लाहीको तध्यांकमा रहेकाे छ । अहिले आयर ४५ हजारको हाराहारीमा सीमित हुँदा कृषि उद्योगलाई नै उखु अभाव भएकाले कृषकहरूले सहज रुपमा चलानी पाएका हुन् । २०७० सालको सेरोफेरोमा सर्लाहीमा एउटा मात्र मिल सर्लाहीको हरिवनमा रहेको इन्दु संख्र चिनीमिल मात्र संचालनमा रहेको थियाे ।
उखु कृषकहरूले लगाएको उखु खेती समेत धेरै भएकाले कृषकहरूलाई चलान अभाव भोग्नु परेको थियो । अहिले सर्लाहीमा थप २ वटा चिनीमिल संचालनमा रहेका छन् । चिनी मिलले समेत क्रसिङ क्षमता बढाएका कारण कृषकहरूलाई चलानकाे अभाव टरेको हो ।
प्रतिक्रिया दिनुहोस्