
बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकामा जारी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सडकमा लड्दा खेलाडी हिरा कुँवर घाइते भएकी छन् ।
उपयुक्त खेल मैदान नहुँदा पक्की सडकमा दौड गराउँदा कुँवर घाइते भएकी हुन् । दौडमा सहभागी भएकी रौलेश्वर मावि कफलकोटकी खेलाडी कुँवर लडेर घाइते भएकी हुन्। घाइते कुँवरकाे घुँडामा चोट लागेकाे छ । उनकाे अहिले अस्पतालमा उपचार भइरहेकाे छ । प्रतियोगिता राजमार्गमा नै सञ्चालन भइरहेकाे छ । यहि माघ २५ गतेदेखि सुरू भएको प्रतियोगिता अन्तर्गत दौडहरू महाकाली राजमार्ग अन्तर्गत खोंचलेक-सिल्लेगडा सडकखण्डमा चक्काजाम समेत गरिएकाे छ ।
७ को चनैराज खेल मैदानमा अन्य खेलहरू सञ्चालनमा रहेका छन् । उक्त मैदान सानो भएकाले दौड सडकमा गरिएकाे हाे । पालिकास्तरीय मैदानका रूपमा रहेको लबलेक मैदान अलपत्र रहेको छ। उक्त मैदान निर्माण सम्पन्न नभएकाले चनैराज मैदानमा प्रतियोगिता सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ।
खेलमैदान अभावमा सडकमा दौड गरिएको दोगडाकेदार गाउँमा पालिकाका अध्यक्ष चक्र कार्कीले बताउनुभयो। निकट भविष्यमै पालिकास्तरीय खेलमैदान निर्माण सम्पन्न गरी खेल्न योग्य बनाउने उहाँकाे भनाइ छ । प्रतियोगितामा छात्रछात्रा भलिबल, कबड्डी र एथ्लेटिक्सका खेलहरु खेलाइएकाे छ । प्रतियोगितामा पालिकाभित्रका ८ विद्यालयको सहभगिता रहेको छ ।
प्रतियोगितामा प्रथम हुने विद्यालयलाई नगद २० हजार नगदसहित शिल्ड, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ भएकाे छ । दोस्रो हुने विद्यालयलाई १५ हजार नगदसहित शिल्ड, ट्रफी र प्रमाणपत्र प्रदान गरिने भएकाे छ । साथै प्रतियोगितामा तेश्रो हुनेलाई १० हजार नगदसहित शिल्ड, ट्रफी र प्रमाणपत्र प्रदान गरिने जनाइएकाे छ ।
प्रतिक्रिया दिनुहोस्