
काठमाण्डौं । किर्तिपुरमा विहिबारबाट भू–विज्ञान प्रदर्शनी सुरु भएको छ ।
नेपाल भौगर्भिक विद्यार्थी समाज तथा भू–गर्भशास्त्र केन्द्रीय विभागको सहकार्यमा भू–विज्ञान विषयका विविध पक्षको जानकारी दिने उदेश्यले चौथो भू–विज्ञान प्रदर्शनी आयोजना गरिएको हो ।
भू–गर्भशास्त्र केन्द्रीय विभाग किर्तिपुरको प्रांगणमा भोलि माघ २८ गतेसम्म प्रदर्शनी हुनेछ । प्रदर्शनीमा भु–विज्ञानका विभिन्न क्षेत्र, प्रयोग र अध्ययनको पोस्टर, मोडल तथा प्रस्तुतीकरण रहनेछ । भु–गर्भशास्त्र पृथ्वीको उत्पति, आन्तरिक संरचना, प्लेट, टेक्टोनिक अवस्थाका साथै अन्य विभिन्न आयामसँग प्रत्यक्ष सरोकार राख्दछ ।
भू–विज्ञान प्रदर्शनी मार्फत भू–गर्भशास्त्रको महत्व, यससँगै जोडिएर आउने विकास, विपत तथा अनुसन्धानमा नविनतम अवधारणाबारे जानकारी दिइने समाजका अध्यक्ष सुरेन्द्र तिमल्सिनाले बाउनुभयो ।
प्रदर्शनी विहान ९ बजेदेखी ५ बजेसम्म सञ्चालन हुने देवराज बडालले जानकारी दिनुभयो । प्रदर्शनी अवलोकन गरी नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको भू–विज्ञानको उपयोगिताको जानकारी लिन आयोजकको आग्रह छ ।
प्रतिक्रिया दिनुहोस्