२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


राष्ट्रपतिले अर्थतन्त्र उकास्नुपर्नेमा जोड दिनुभयो : योगेश भट्टराई


221
Shares

काठमाडौं । नेकपा (एमाले)का सचिव तथा सांसद योगेशकुमार भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा गरेको सम्बोधनमार्फत अर्थतन्त्रलाई माथि उकास्नुपर्ने कुरामा जोड दिनुभएको बताउनुभएको छ ।

शुक्रबार संसदको दुवै सदनको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सचिव भट्टराईले राष्ट्रपतिले प्रतिकुलतामा रहेको अर्थतन्त्रलाई अनुकुलतामा बदल्ने उपाय अवलम्वन गर्नुपर्नेमा जोड दिनुभएको बताउनुभएको हो ।

सम्बोधनको क्रममा राष्ट्रपतिले राष्ट्रिउ उत्पादन, आयात प्रतिस्थापन र वैदेशिक व्यापार घाटा सन्तुलन लगायतका विषयमा जोड दिनुभएको उहाँले बताउनुभयो । राष्ट्रपतिले सम्बोधन गरेका विषयवस्तुलाई सरकारले आगामी नीति तथा कार्यक्रम बनाउँदा मार्गदर्शनको रुपमा लिनुपर्ने बताउनुभयो ।