१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अरु पार्टीलाई कुचो बोक्न बाध्य बनायौं : मिलन पाण्डे


182
Shares

काठमाडौं । विवेकशील साझा पार्टीका नेता मिलन पाण्डेले कांग्रेस, एमाले, माओवादी, राप्रपा बाहेक पनि वैकल्पिक शक्ति बन्न सक्छ भन्ने भाष्य आफ्नो पार्टीले स्थापित गरेको बताउनुभएको छ ।

शुक्रबार पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले परिणामस्वरुप आज मुख्य मानिएका दलहरु बाहेकको विकल्प हुन सक्छ भन्नेकुरा स्थापित भएको दाबी गर्नुभयो । उहाँले आफ्नो पार्टीले लोकतन्त्र विकल्परहीत छैन र होइन भन्ने भाष्य प्रमाणित गरेर देखाएको बताउनुभयो ।

उहाँले आफ्नो पार्टीले आन्दोलन टायर बालेर नेपाल बन्द गरेर मात्रै हुने भाष्यलाई चिर्दै फूल रोपेर, अनसन बसेर र नेपाल खुला राखेर पनि आन्दोलन हुन्छ भन्ने भाष्य निर्माण गरेको बताउनुभयो ।

नेता पाण्डेले आफ्नो पार्टीले सुरु गरेको सरसफाई अभियानपछि अन्य पार्टीहरुसमेत कुचो बोकेर हिँड्न बाध्य भएको बताउनुभयो ।