
काठमाडौं । चलचित्र मनसँग मनको विशेष शो गरिएको छ ।
शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको विशेष शो गरिएको हो ।
विशेष शो मा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अभिनेत्री पूजा शर्माले अभिनेता पल शाहको अभावले आफूलाई चलचित्र क्षेत्र नै खल्लो लागेको बताइन् । उनले पल शाहलाई सबैसँग मिल्ने आलुको रुपमा चित्रित गर्दै पल सहज र सरल व्यक्ति भएको बताइन् ।
उनले पल शाहमा कलाकारमा हुनुपर्ने सबै गुण रहेको र आफूलाई चलचित्रमा अभिनय गर्नपनि नरमाइलो लागेको बताइन् । उनले उहाँले पल शाह आफूलाई बलिउड अभिनेता शाहरुख खान झैँ लाग्ने पनि बताइन् ।
शुक्रबारबाट प्रदर्शन भएको चलचित्रमा कलाकारहरु पुष्प खड्का र वर्षा शिवाकोटीका साथै फिल्ममा पल शाह र पूजा शर्माले एउटा गीतमा नृत्य गरेका छन् । चलचित्रमा वर्षा र पुष्पको अलवा वुद्धि तामाङ, रविन्द्र झाको मुख्य भूमिका छ । सौरभ इन्टरटेन्मेन्ट र बालाजी इन्टरटेन्मेन्टको प्रश्तुतिमा तयार भएको यो चलचित्रलाई कैलाश राईले निर्देशन गरेका हुन् । चलचित्रमा अरुण तामाङको लगानी छ ।
अर्जुन जीसीको सम्पादन रहेको फिल्ममा सौरभ लामाको छायांकन, रामजी लामिछाने र कमल राइको कोरियोग्राफी, कैलाश राईको कथा तथा पटकथा छ । चलचित्रमा अर्जुन पोखरेल, अगोमा गुरुङ र दीपक शर्माको संगीत छ ।
प्रतिक्रिया दिनुहोस्