१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


फिफाद्वारा ‘द बेस्ट अवार्ड’ को उत्कृष्ट वर्ष खेलाडीको मनोनयन सार्वजनिक

'मेस्सी, एमबाप्पे र बेन्जेमा अन्तिम तीनमा'

6.123k
Shares

एजेन्सी । विश्व फुटबल महासंघ (फिफा) ले यस वर्षको ‘द बेस्ट फिफा फुटबल अवार्ड’को लागि उत्कृष्ट वर्ष पुरूष तथा महिला तीन खेलाडीको मनोनयन सार्वजनिक गरेको छ ।

फिफाले शुक्रबार राति उत्कृष्ट तीनमा पर्न सफल खेलाडीको सूची सार्वजनिक गरेको हो ।

पुरूषतर्फ फ्रान्सका करिम बेन्जेमा, अर्जेन्टिनाका लियोनल मेस्सी र फ्रान्सका केलियन एमबाप्पे अवार्डको अन्तिम मनोनयनमा परेका हुन् ।

यस्तै, महिलातर्फ स्पेनकी एलिक्सिया प्युटेला, इङल्यान्डकी बेथ मिड र अमेरिकाकी एलेक्स मोर्गन प्रतिस्पर्धामा छन् ।

फिफा सदस्य राष्ट्रका प्रशिक्षक, कप्तान, पत्रकार र समर्थकले १४ खेलाडीलाई दिएको मतका आधारमा विजेता छनोट गरिनेछ ।