२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025

कपिलवस्तुमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

राष्ट्रपति रनिङ शिल्डकाे उपाधि राम गोरखा र मेयर कपकाे महेन्द्र माविलाई

208
Shares

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगपालिकामा प्रथम नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ ।

शुुक्रबार राष्ट्रपति रनिङ शिल्डको उपाधि बहादुरगञ्जको राम गोरखा माध्यमिक विद्यालयले जितेको हाे । राष्ट्रपति रनिङ शिल्डतर्फ नेत्र ज्योति माध्यमिक विद्यालय सौनाहवा दोस्रो, सेन्ट ज्युड्स इंग्लीश बोडिङ स्कुल कृष्णनगर तेस्रो स्थान हासिल गरेको नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले जानकारी दिएको हाे ।

त्यसैगरी मेयर कपको उपाधि महेन्द्र माध्यमिक विद्यालय कृष्णनगरले जितेको छ । मेयर कपतर्फ नेत्र ज्योति माध्यमिक विद्यालय सौनाहवा दोस्रो र बहादुरगञ्जको राम गोरखा माध्यमिक विद्यालय तेस्रो स्थान हासिल गरेको छ ।

प्रथम पटक आयोजना गरिएको राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप प्रतियोगिता शौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको नगरप्रमुख रजत प्रताप शाहले बताउनुभयाे। उहाँले खेलकुदले विद्यार्थीहरुमा अनुशासनको पालनासँगै आपसी सद्भाव कायम हुने विश्वास समेत व्यक्त गर्नुभएकाे छ ।

खेलकुदले नगरको पहिचानलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुराउन सहयोग गर्ने प्रमुख शाहले जिकीर गर्नुभयाे । नगरले शिक्षासँगै खेलकुदलाई प्राथमिकतामा राखेको उहाँको भनाइ थियाे । भलिबल, कबड्डी, एथलेटिक्स्, दौड, उफ्रिने, फ्याक्ने, हाइजम्प लङ्गजम्प र क्रिकेट खेल प्रतियोगितामा समावेश गरिएको थियो ।

जिल्ला खेलकुद समितिले जिम्मा पाएर कृष्णनगर नगरपालिका वडा नम्बर ९ बहादुरगञ्जमा रहेको राम गोरखा माध्यमिक विद्यालयको खेल मैदानमा माघ २४ गतेदेखि २७ गतेसम्म प्रतियोगिता सञ्चालन गरेको थियो । प्रतियोगितामा नगरका १४ वटा विद्यालयहरुको सहभागिता रहेको समितिका अध्यक्ष राजेश उपध्याले जानकारी दिनुभयाे ।