
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाका निर्वाचित सांसदहरूलाई शनिबार दिउँसाे शीतल निवासमा बोलाउनुभएको छ ।
उहाँले शनिबार दिउँसो ३ बजेका लागि सांसदलाई शीतल निवासमा बोलाउनुभएकाे राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता लिलाकान्त पौडेलले ईमेज खबरलाई जानकारी दिनुभएकाे हाे । राष्ट्रपति भण्डारीले सांसदहरूलाई बधाई तथा शुभकामना दिनका लागि बाेलाउनुभएकाे उहाँले बताउनुभयो ।
सबै राजनीतिक दलहरू नयाँ राष्ट्रपतिको उम्मेदवार चयन गर्ने छलफलमा केन्द्रित भइरहँदा कार्यकाल सकेर बिदा हुने अन्तिम समयमा उहाँले सांसदहरूलाई शीतल निवासमा बोलाउनुभएको हो । राष्ट्रपति भण्डारीको कार्यकाल आगामी फागुन २८ गते सकिने भएकाे छ।
नयाँ राष्ट्रपतिका लागि फागुन २५ गते निर्वाचन हुने भएकाे छ।
प्रतिक्रिया दिनुहोस्