१९ फाल्गुन २०८१, सोमबार | Mon Mar 3 2025


अटो मोबाइल्स आवश्यकताको वस्तु: मन्त्री पौडेल


234
Shares

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अटो मोबाइल्स विलासिताको वस्तु नभइ आवश्यकताको वस्तु भएको दावी गर्नुभएको छ ।

नाडा अटो मोबाइल्स एशोसिएसन नेपालको ४६ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । मन्त्री पौडेलले राज्यले सडक पूर्वधारमा अर्बौं लगानी गरेको भन्दै त्यसमा गुड्ने साधनलाई विलासिताको ट्याग लगाउन नमिल्ने बताउनुभयाे ।

उहाँले मुलुक विद्युतमा आत्मनिर्भर भइ निर्यातको अभ्यास गरिरहेकाले विद्युतीय गाडीको प्रयोग बढाउन आवश्यक भएको बताउनुभयो । अर्थमन्त्री पौडेलले अर्थतन्त्रका वाह्य क्षेत्रमा सकरात्मक परिवर्तन भइरहे पनि केही सूचक जोखिममा रहेकाले राज्यको बाध्यात्मक अवस्थालाई निजी क्षेत्रले पनि बुझ्न आवश्यक रहेको बताउनुभयो ।

साेही कार्यक्रममा नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापाले अटो व्यवसायीहरुले एउटा सवारी साधन आयात गर्दा सरकारका ६ वटा निकायमा वर्षको कर बुझाउनुपर्ने अवस्था रहेको बताउनुभयो । अटोमाबाइल्स क्षेत्रबाट मात्रै राज्यलाई २१ प्रतिशत राजस्व बुझाउने गरेपनि सरकारले सहयोग नगरेको उहाँको गुनासो छ ।

अटो व्यापार ८० प्रतिशतले घटेको तर बैंकको ब्याजदर भने ७ प्रतिशतबाट १६ प्रतिशतमाथि पुगेकाले व्यवसायीहरु मारमा परिरहेको अध्यक्ष थापाले बताउनुभयो ।