१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


डाक्टरमाथि लाठी चार्ज गर्ने प्रहरी निलम्बित


1.833k
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा डाक्टरमाथि लाठी चार्ज गर्ने प्रहरी निलम्बित भएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँले वरिष्ठ हवलदार शम्भुजंग गुरुङलाई निलम्बन गरिएको नेपाल प्रहरीका प्रवक्ता डीआईजी पोषराज पोखरेलले जानकारी दिनुभयो ।

गुरुङ प्रहरी वृत्त जनसेवामा कार्यरत थिए । शुक्रबार नेपाल चिकित्सक संघका आजीवन सदस्य एवं राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहमाथि अस्पताल परिसर भित्रै प्रहरीले लाठी चार्ज गरी गम्भीर घाइते बनाएको थियो ।

स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा कार्यरत चिकित्सक सिंहले शल्यक्रिया सम्पन्न गरी घर निस्किने क्रममा आफ्नो परिचय पत्र देखाउँदा देखाउँदै पनि अस्पताल परिसर भित्रै प्रहरीद्वारा सांघातिक आक्रमण भएको थियो ।

चिकित्सकमाथिको आक्रमणको विरोधमा शनिबार प्रर्दशन समेत भएको छ ।