
कपिलवस्तु । नेपाल विद्युत प्राधिकरण कृष्णनगर वितरण केन्द्रको चरम लापरबाहीका कारण उपभोक्ताहरु मारमा परेका छन।
२०७९ माघ २७ गते प्राधिकरणले कृष्णनगर , बिजय नगर र शिबराज लगायतका क्षेत्रमा विद्युत आपूर्ति सेवा बिहान ७ बजे देखि बेलुकी ५ बजे सम्म अबरुद्ध हुने भनेर सुचना जारी गरि माघ २८ गते बिहान ७ बजे नै सोही क्षेत्रको विद्युत सेवा बन्द गरेको थियो ।
उपभोक्ताहरुलाई के कारणले विद्युत आपूर्ति बन्द गरिएको भन्ने जानकारी नै थिएन । दिन भरी कतै मर्मत सम्भारको काम गरेको होला भनेर आफ्नो विद्युतबाट हुने काम काज ठप्प पारी बसेका उपभोक्ताहरु साझ ७ बजे पछि विद्युत आपूर्ति होला र दिन भरिको काम गरौला भन्ने सोचमा थिए तर साझ ७ बजे पनि बितरण केन्द्रले विद्युत दिन सकेन ।
प्राधिकरणले सुचाना जारी गरे जस्तै कहि कतै विद्युतको मर्मत सम्भार नभएर लाइन काटिएको नभई एउटा उधोगमा विद्युत जडानको लागि लाइन काटिएको थियो ।
विद्युत प्राधिकरण लाखौ उपभोक्ताको बेवास्ता गर्दै एक निजी कम्पनीको लागि दिनभरी नै विद्युत प्रसारण बन्द गरि बिजया स्टिल कम्पनिमा लाइन जडान गर्न अन्य आम उपभोक्तालाई विद्युतबाट बञ्चित गरायो ।
दिन भरी त लाइन आएन तर प्राधिकरणले आफैँ जारी गरेको सुचनामा भने झै साझ ५ बजे पनि लाइन आएन । अबेर राति सम्म लाइन नदिदा विद्युतबाट आफ्नो व्यावसायिक काम काज गर्ने ब्यवसायी त मर्कामा परे नै अन्य आम सर्ब साधारण समेत मर्कामा परेका छन् ।
एउटा निजी कम्पनीको लागि आम उपभोक्ता लाई बेवास्ता गरेका हुन नेपाल विद्युत प्राधिकरण कृष्णनगर बितरण केन्द्रका प्रमुख कमर आलम खानले ।
सुचनामा भनेझै ५ बजे लाइन नआएपछि कार्यालयमा जानकारी लिन खोज्दा कार्यालयको फोनमा घन्टी नै गएन । सँगै चन्द्रौटामा रहेको फ्युज सेटरमा पनि फोन सम्पर्क हुन सकेन । प्राधिकरणका प्रमुखलाइ नै सम्पर्क गर्न खोज्दा उहाँको फोन स्विच अफ आयो ।
विद्युत आपूर्ति बन्द हुदा जवाफ दिनु पर्ने सम्बन्धित निकायका कोहि पनि सम्पर्कमा आएनन । यता बिजया स्टिलका ब्यबस्थापक बिजय केडियाले भने ७ बजे नै आफनो कम्पनी ३० एमबिइ लाइन जडान भैसकेको बताउनु भयो ।
आम उपभोक्तालाई दिनभरी असहज भए पनि तोकिएकै समयमा काम सम्पन्न भएको पश्चात विद्युत दिनु पर्ने केडियाले बताउनु भयो ।
यसरी उपभोक्तालाई गुमराहमा राखेर एक निजी कम्पनीको लागि दिन भरी र तोकिएको समय भन्दा बढी समय लाइन काट्न नपाइने कार्यालयका एक कर्मचारीले बताए ।
लाइट अवरुद्ध नै गरे पनि उपभोक्तालाई त्यसबारे जानकारी दिनु पर्ने कार्यालय प्रमुखकाे दायित्व हुने उनले बताए । स्राेतका अनुसार कमर आलम खानकाे सरूवा नेपालगंज भएकाे छ । त्यसैकाे माैका छाेपी एक निजी कम्पनीकाे काम गर्न लाखाै उपभाेक्तालाई अन्धकारमा राखेका छन् ।
प्रतिक्रिया दिनुहोस्