
काठमाडौं । विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटा चयन हुनुभएको छ ।
गत शुक्रबारदेखि काठमाडौंमा आयोजित महाधिवेशनबाट बाँस्कोटा अध्यक्ष चयन हुनु भएको हो ।
महाधिवेशनले उपाध्यक्षमा प्रकाशचन्द्र परियार, विमला अधिकारी र मिलन पाण्डेलाई सर्वसम्मत रूपमा चयन गरेको छ । यस्तै, महासचिवमा रन्जु दर्शना तथा सचिवमा पवित्रा थापा र विमल तामाङ चयन भएका छन् । कोषाध्यक्षमा दामोदर नेपाललाई चयन गरिएको छ ।
६१ केन्द्रीय समिति समिति बनाउने निर्णय भएकोमा उनीहरुलाई मतदानबाट चयन गरिने छ ।
प्रतिक्रिया दिनुहोस्