१२ बैशाख २०८२, शुक्रबार | Sat Apr 26 2025


१० वर्षकाे अन्तरालपछि राजबल्लभकाे कमब्याक


1.04k
Shares

काठमाडौं । अभिनेता राजबल्लभ कोइरालाले १० वर्षपछि अभिनयमा कमब्याक गर्ने भएका छन् ।

कोइराला चलचित्र ‘कामिनो’ मार्फत अभिनयमा फर्किन लागेका हुन् । उनले सामाजिक सञ्जाल मार्फत उक्त कुराकाे जानकारी गराएका हुन् । उनले आफू चलचित्र ‘कामिनो’ मार्फत अभिनयमा फर्किन लागेको बताएका हुन् ।

कोइरालाले आफूलाई सामाजिक सञ्जालमा धेरै मानिसले दाजु नेपाली चलचित्रमा फेरी कहिले आउनुहुन्छ भनेर प्रश्न सोध्ने गरेकाे पनि बताएका छन् । त्यसकाे जवाफको रूपमा उनले यस वर्ष ‘कामिनो’ सँगै भनेर लेखेका छन् ।

यस भन्दा अगाडि करिब २७ वटा चलचित्रमा काम गरिसकेका कोइराला अहिले अमेरिका बस्दै आइरहेका छन् । सन् २००७ मा चलचित्र ‘पर्खी बसें’ बाट अभिनयमा डेब्यू गरेका कोइरालाले ‘गुरु दक्षिणा’, ‘छोडी गए पाप लाग्ला’, ‘पहिलो पहिलो माया’, ‘किन लाग्छ माया’, ‘पल’, ‘मसान’ र अपवाद लगायतका धेरै सफल चलचित्र दिएका छन् ।