
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले सुदूरपश्चिम प्रदेशको अघिल्लो सरकारले आफूहरुको माग सम्बोधन नगरेकाले विश्वासको मत नदिइएको बताउनुभयो ।
आइतबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उहाँले नेपाली कांग्रेस नेतृत्वको वर्तमान सरकारले आफूहरुको माग सम्बोधन गर्ने, नगर्ने विश्वासको मत दिने बेलासम्म प्रतिक्षा गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो – ‘मुख्यमन्त्री बनिसकेपश्चात विश्वासको मत लिने दिनसम्म हामीले हाम्रा मागहरु सम्बोधन गरिदिनुस् भनेर भनिरहेका थियौँ । सरकारलाई । त्यो सरकार ढलेर कांग्रेसको मुख्यमन्त्री बन्नुभएको छ । उहाँलाई पनि त्यही भनिरहेको छौँ । उहाँले विश्वासको मत पाउने नपाउने कुरामा त्यो दिनसम्म हाम्रा मागहरु सम्बोधन हुन्छ हुँदैन त्यो दिनसम्म हेछौं ।’
प्रतिक्रिया दिनुहोस्