
काठमाडौं । नेपाली कांग्रेसका सांसद सन्तोष चालिसेले जनयुद्ध दिवसको सन्दर्भमा सरकारले बिदा दिनु आवश्यक नभएको बताउनुभयो ।
आइतबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै चालिसेले देशमा धेरै आन्दोलनहरु भएका र यसरी बिदा दिँदा सबैले बिदाको माग गर्ने चलन बस्ने बताउनुभयो ।
उहाँले सरकारले बिदा थप्दै जानु राम्रो परम्परा नभएको टिप्पणी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्