१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


राष्ट्र बैंक पुँजीबजारको विकास गर्न प्रतिवद्ध छ : गभर्नर अधिकारी


169
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंक पुँजीबजारप्रति नकारात्मक नरहेको बताउनुभएको छ ।

आइतबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) अवार्ड कार्यक्रममा गभर्नर अधिकारीले राष्ट्र बैंक पुँजीबजारको विकास गर्न प्रतिवद्ध रहेको भन्दै कहिल्यै पुँजीबजारप्रति नकारात्मक नभएको बताउनुभएको हो ।

गभर्नर अधिकारीले शेयर बजार बढ्नु र घट्नु स्वभाविक भएको बताउनुभयो । उहाँले पुँजीबजार हेर्ने छुट्टै केन्द्रिकृत नियमन निकायहरु भएको बताउँदै धितोपत्र बोर्डले पुँजीबजारलाई नियन्त्रण र अनुगमन गर्ने बताउनुभयो ।

उहाँले राष्ट्र बैंकले नियमन गर्ने भनेको वित्तीय क्षेत्रभित्रका बैंक तथा वित्तीय संस्थाहरु मात्रै भएको स्पष्ट पार्नुभयो । उहाँले नेपाली पुँजीबजारमा बाफियाभित्र ७० प्रतिशत संस्थाहरु समावेश भएकाले राष्ट्र बैंकले यी संस्थाहरुलाई गरेको नियमनको कारणले प्रभाव परेको हुनसक्ने बताउनुभयो ।

उहाँले शेयर बजारका शब्दहरु मौद्रिक नीतिमा नभएकामा अन्यथा नलिन आग्रह गर्नुभयो । उहाँले विदेशी मुद्रा सञ्चिति सन्तुलनमा राख्नकालागि आयात प्रतिबन्धको नीति लिएको भन्दै सहज भएसँगै खुल्दै गएको बताउनुभयो ।