
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको अर्थतन्त्र सुधारका लागि कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।
आइतबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले देशको अर्थतन्त्र सुधार गर्नका लागि कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्ने दिनुपर्ने बताउनुभएको हो ।
उहाँले कृषिको आधुनिकीकरण, उत्पादकत्व वृद्धि र कृषिमा आधारित उद्योगहरुलाई जोड दिनु नै अर्थतन्त्रको सुधार गर्ने मुख्य उपाय भएको बताउनुभयो । उहाँले कृषिको सुधारका लागि आवश्यक प्रविधि, ज्ञान र सिप विकासको कुरा प्राथमिकतामा पर्नुपर्ने बताउनुभयो ।
प्रधानमन्त्री दाहालले देशको आर्थिक विकासको निम्ति संघीय संरचनालाई सुदृढ गर्न जरुरी रहेको बताउनुभयो । उहाँले संविधानले परिकल्पना गरे अनुरुप संघीय संरचना चलाउने ऐन नै नबनाइकन संघीयता उपयुक्त भएन भन्ने निस्कर्ष निकाल्नु नहुने बताउनुभयो । उहाँले जनतालाई अधिकार सम्पन्न बनाउनेतिर ध्यान जान जरुरी रहेको भन्दै जनतामा गएको अधिकार खोस्नु दुर्भाग्यपूर्ण हुने बताउनुभयो ।
प्रधानमन्त्री दाहालले आफूले अहिले देशको अर्थतन्त्र सुधारको विषयलाई उच्च प्राथमिकता दिएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्