
काठमाडौं । उप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रका विद्यमान चुनौतिको समाधान बजेटको अर्धवार्षिक समीक्षामार्फत बजेट कार्यान्वयनमा थप सुधार गर्ने बताउनुभएको छ ।
आइतबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) अवार्ड कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडलले पछिल्लो समय देखिएका अर्थतन्त्रका चुनौतिलाई बजेटको अर्धवार्षिक समीक्षामार्फत बजेट कार्यान्वयनमा थप सुधार गरी समाधान गर्ने बताउनुभएको हो ।
उहाँले नेपालको अर्थतन्त्रमा संरचनागत चुनौति, विश्व अर्थतन्त्रको प्रभाव र अन्य विषयमा नेपालले उचित व्यवस्थापन गर्न नसक्दा वर्तमान अर्थतन्त्रका समस्याहरुको समाधान खोज्नुपर्ने अवस्था रहेको बताउनु भयो । अर्थमन्त्री पौडेलले अर्थतन्त्रको चुनौतीहरुको सुक्ष्म विश्लेषण गरी ठोस कदम चाल्नुपर्ने भन्दै टालटुले समाधानले समस्या समाधान नहुने दाबी गर्नुभयो ।
अर्थमन्त्री पौडेलले अर्थतन्त्रको सुधारको आगामी यात्राको शुरुवात बजेट सन्तुलन कायम गर्ने र खर्च गुणस्तर बढाएर गरिने बताउनुभयो । उहाँले सरकारले सार्वजनिक ऋणलाई धान्नसक्ने ठाउँमा राख्नु चुनौति रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्