२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


राजश्व संकलन आर्थिक वर्ष २०२४/२५ पछिकै नकारात्मक : अर्थमन्त्री पौडेल


143
Shares

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारको राजश्व संकलन आर्थिक वर्ष २०२४/२५ पछि पहिलो पटक नकारात्मक रहेको बताउनुभएको छ ।

आइतबार अर्थ मन्त्रालयमा बजेटको अर्धवार्षिक समीक्षाका बारेमा पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री पौडेलले यस्तो बताउनुभएको हो ।

उहाँले राजश्व संकलनको वास्तविकतालाई सरकारले स्वीकार गर्नुपर्ने बताउनुभयो । अर्थमन्त्री पौडेलले स्रोत परिचालन र खर्च व्यवस्थापनको सरकार अत्यन्तै ठूलो दवावमा रहेको बताउनुभयो ।

उहाँले राजश्व संकलनमा २०७९ पुस सम्मको लक्ष्य ६ खर्ब ५१ अर्ब ६२ करोड रहेकोमा लक्ष्यको तुलनामा २४.८ प्रतिशतले कम अर्थात ४ खर्ब ९० अर्ब ४ करोड मात्रै संकलन भएको बताउनुभयो । मन्त्री पौडेलले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा समिक्षा अवधिमा राजश्व संकलन १५ प्रतिशतले घटेको पनि उल्लेख गर्नुभयो ।

उहाँले राजश्व परिचालनमा धेरै पछाडि परेकोले राजश्व परिचालनमा ठूलो दबाबमा सरकार रहेको बताउनुभयो ।