१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


माओवादी केन्द्रले पेरिसडाँडामा जनयुद्ध दिवस मनायो


65
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले साेमबार २८ औं जनयुद्ध दिवस मनाएको छ ।

पार्टी कार्यालय कोटेश्वरकाे पेरिसडाँडामा जनयुद्ध दिवसकाे अवसरमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल दाहाल, पार्टी पदाधिकारी तथा नेता कार्यकर्ता लगायतको सहभागिता रहेको थियो । सोही जनयुद्ध अवसरमा प्रधानमन्त्री दाहालले शहीदको तस्बीरमा फूलमाला अर्पण गर्दै सम्मान प्रकट गर्नुभएकाे हाे ।

साेही कार्यक्रमलाई प्रधानमन्त्री दाहालले सम्बोधन गर्नुभएकाे छ । सम्बोधनका क्रममा प्रधानमन्त्री दाहालले माओवादी शक्तिहरू एकीकृत गर्ने प्रयास भइरहेको बताउनुभएकाे छ ।

संविधान सभाबाट संविधान बनाउनुपर्ने, राजतन्त्रको अन्त्य र जनवादी व्यवस्थाको स्थापना गर्ने भन्दै रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकीमा आक्रमण गरेर तत्कालीन विद्रोही माओवादीले फागुन २०५२ साल १ गते सशस्त्र विद्रोहको सुरुवात गरेको थियो ।सशस्त्र विद्रोह सुरु भएको दिनलाई माओवादीहरूले जनयुद्ध दिवसका रूपमा मनाउँदै आएका छन् ।