२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सार्वजनिक बिदा भएपनि बैंक तथा वित्तीय संस्था आज खुल्ने


156
Shares

काठमाडौं । सरकारले साेमबार सार्वजनिक बिदा दिए पनि बैंक तथा वित्तीय संस्थाहरु भने खुल्ने भएका छन् ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई साेमबार पनि बैंकिङ सेवा सुचारु राख्न निर्देशन दिएको हाे । राष्ट्र बैंकले एक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई सरकारले सार्वजनिक बिदा दिएपनि बैंकिङ सेवा सुचारु राख्न निर्देशन दिएको हो ।

बैंक तथा वित्तीय संस्थाहरुलाई नगद कारोबार, चेक क्लियरिङ, आरटीजीएस लगायत अत्यावश्यक सबै बैंकिङ सेवा प्रदान गर्न निर्देशन दिइएको छ । राष्ट्र बैंकले साेमबार बिहान १० बजेदेखि दिउँसो साढे १ बजेसम्म बैंक तथा वित्तीय संस्थाहरु खुला राख्न र सबै खाले सेवा दिन भनेको छ ।