१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


संघीयता कसैले दिएको भिख होइन : मुख्यमन्त्री यादव


52
Shares

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले अहिलेको संघीयता कसैले दिएको भिख नभएको बताउनुभएको छ ।

सोमबार जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेशले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले अहिलेको संघीयता आम नागरिकले लडेर ल्याएको बताउनुभयो । उहाँले स्थानीय निर्वाचनमा जितेका र प्रदेश र प्रतिनिधि सभामा निर्वाचन जितेका केही सांसदहरुले संघीयता चाहिँदैन भनिरहेको भन्दै संघीयता उनीहरु कसैले दिएको भिख नभएको जिकिर गर्नुभयो ।

उहाँले मधेश प्रदेशका नागरिक रहेसम्म संघीयता रहीरहने दाबी गर्नुभयो । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालले इमान्दारका साथ प्रहरी समायोजन र निजामति ऐन लगायतका कानूनहरु पास गर्नेमा विश्वस्त रहेको बताउनुभयो ।

जनयुद्ध दिवसको अवसरमा मधेश प्रदेश सरकारले ५४० जना शहीद परिवारलाई एक लाख रुपौयाँका दरले रकम हस्तान्तरण गरेको छ ।