
अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
स्वास्थ्य शिविरबाट गाउँपालिकाका ७ सय ६८ जनाले सेवा लिएको गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले बताउनुभयो ।
बिरामीहरूले निःशुल्क रुपमै स्वास्थ्य परीक्षणका साथै फिजियो थेरापी सेवा समेत लिन पाएपछि उनीहरु खुशी भएका छन् ।
गाउँपालिकाको वडा नं.४ र ८ मा भएको शिविरबाट सबै पालिका बासीलाई समेटने गरि शिविर आयोजना गरिएको थियो ।
दुई दिनसम्म चलेको शिविरमा प्रमुख जिल्ला अधिकारी मिना अर्याल, प्रहरी नायव उपरिक्षक मुकुन्द रिजाल लगायतले अनुगमन गर्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्