२९ फाल्गुन २०८१, बिहिबार | Fri Mar 14 2025


रामकृष्ण ढकाल र अन्जु पन्तको स्वरमा रहेको ‘जिम्बु झानेर’ गीत सार्वजनिक


598
Shares

काठमाडौं । गायक रामकृष्ण ढकाल र गायिका अन्जु पन्तको स्वरमा रहेको गीत ‘जिम्बु झानेर’को भिडियो सार्वजनिक गरिएको छ ।

भ्यालेन्टाईनको अवसर पारेर भिडियो सार्वजनिक गरिएको हो ।

सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी गीत सार्वजनिक गायक ढकालको अफिसियल यूट्युब च्यानलमार्फत प्रिमियर भएको हो ।

गीतमा निरज सिग्देलको शब्द रचना रहेको छ भने शिखर सन्तोषको संगीत रहेको छ । भिडियोमा आकाश श्रेष्ठ र गृष्मा तामांगको अभिनय रहेको छ । सार्वजनिक भिडियोकी निर्देशक दीपा शाक्य हुन् ।

भिडियोको छायांकन कास्कीको घान्द्रुक र पोखरामा भएको हो ।