
काठमाडाैं । हाल देशमा उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन।
मंगलबार बिहान प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेश का पहाडी भू-भागमा आंशिक बदली रहेकाे छ । त्यस्तै, देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
मंगलबार दिउँसो भने प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली हुने भएकाे छ । त्यस्तै, बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ।
मंगलबार राति भने प्रदेश-१ को पहाडी भू-भागमा आंशिक बदली हुनेछ । त्यस्तै, बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा हुने भएकाे महाशाखाले जनाएकाे छ।
२
प्रतिक्रिया दिनुहोस्