१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अनेरास्ववियुको २३औं महाधिवेशन सुरु, नेतृत्वका लागि तीन जनाको दाबी


169
Shares

काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २३औँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ ।

काठमाडौंको प्रज्ञा भवनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार ड्रोन उडाएर महाधिवेशनको उद्घाटन गर्नुभयो ।

महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै १९९ सदस्यीय केन्द्रीय समिति चयन गर्ने छ भने १५ सदस्यीय तीनवटा केन्द्रीय आयोग पनि निर्माण गर्ने छ ।

भावी नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष आरसी लामिछानेका साथै मोती विश्वकर्मा र महासचिव समिक बडालले दाबी गर्नुभएको छ ।

नेतृत्वका लागि मतदान गर्नुपर्ने अवस्था आएमा विद्युतीय भोटिङको व्यवस्था गर्ने अनेरास्ववियुको तयारी छ ।