
पाल्पा । प्रेम दिवसको अवसरमा पाल्पाको रानीमहल पुग्ने जोडीलाई तानसेन नगर पालिकाले भव्य स्वागत गरेको छ ।
तानसेन नगरपालिकाले नाटा लुम्बिनी प्रदेश र नाटा पाल्पाको सहकार्यमा रानीमहल पुग्ने विवाहित जोडीलाई सम्मान तथा स्वागत गरेको हो ।
प्रेम दिवसका दिन रानीमहलमा विशेष कार्यक्रमको आयोजना गरी जोडीलाई सम्मानसँगै स्वागत गरिएको नगरपालिकाका प्रवक्ता यादव सिहं कार्कीले जानकारी दिनुभयो ।
प्रचार प्रसारको अभावमा ऐतिहासिक रानीमहल ओझेलमा पर्न थालेपछि नगरपालिकाले यस्तो कार्यक्रम गरेको उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्