२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


राष्ट्रपतिको निर्वाचनमा सबै राजनीतिक दलले सुझबुझका साथ निर्णय लिनुपर्छ : झलनाथ खनाल


143
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनालले राष्ट्रपतिको निर्वाचनमा सबै राजनीतिक दलले सुझबुझका साथ निर्णय लिनुपर्ने बताउनुभएको छ ।

धनगढीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उहाँले संविधानको मर्म र भावना अनुरुप योग्य व्यक्तित्वलाई पदमा ल्याउनुपर्ने बताउनुभयो । उहाँले सहमतिका लागि सबै पार्टीलाई राम्रोसँग समन्वय गरेर अघि बढ्न पनि आग्रह गर्नुभयो ।

खनालले राजनीतिक दलहरूबीच हुने सहमतिका आधारमा आवश्यक परेमा आफ्नो पार्टीले पनि राष्ट्रपतिमा उम्मेदवार उठाउने बताउँदै गैरराजनीतिक मान्छेलाई राष्ट्रपति बनाउँदा लोकतन्त्र नै धरापमा पर्न सक्ने बताउनुभयो ।

उहाँले अहिलेको एमाले नेतृत्वको सत्ता गठबन्धन भत्किएर नयाँ बन्ने सम्भावना नरहेको पनि दाबी गर्नुभयो ।