२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


राष्ट्रपति भण्डारी दाङमा

सुरक्षा व्यवस्थामा कडाई

156
Shares

दाङ । राष्ट्रपति विद्यादेवी भण्डारी दाङको बेलझुण्डीमा पुग्नु भएकाे छ ।

बुधबार बिहान सवा ११ बजे उहाँ दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्व विद्यालयमा अवतरण गर्नुभएकाे हाे । राष्ट्रपति भण्डारीलाई विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. यादवप्रसाद लामिछानेले स्वागत गर्नुभएकाे हाे ।

विश्व विद्यालय अन्तर्गत आयुर्वेद शिक्षण अस्पतालको भवन उद्घाटन गर्नका लागि राष्ट्रपति भण्डारी दाङ आउनुभएकाे हाे । विश्वविद्यालयको १ सय ८ कोठे भवन ५ वर्ष अघि नै निर्माण भएको थियो ।

कार्यक्रम स्थल वरपर सुरक्षा व्यवस्था कडा पारिएको छ ।