
काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. प्रकाश शरण महतले नयाँ बसपार्कमा भएको लुटपाट र तोडफोडको घटनामा संलग्न दोषीलाई कारबाही गर्न सरकारसँग माग गर्नुभएको छ ।
कांग्रेसका प्रवक्ता समेत रहनु भएका डा. महतले प्रपतनिधि सभाको बुधवारको बैठकमा विषेश समय लिएर बोल्दै मोवाइल पसलमा लुटपाट र तोडफोड गर्नेलाई तत्काल कारवाही गर्न माग गर्नुभएको हो । उहाँले देशको राजधानी काठमाडौंको मुटुमा नै शान्ति सुरक्षाको प्रत्याभूत गर्न नसकेको भन्दै सरकारको ध्यानमकर्षण गराउनु भयो ।
उहाँले वास्तविक मजदुरका जायज माग सम्बोधन गर्दै बसपार्क क्षेत्रमा भइरहेको अराजक गतिविधि र अनियमितता रोक्न पनि सरकारसँग माग गर्नुभयो । गत सोमबार यायायात मजदुरको आन्दोलनमा क्रममा बसपार्कमा रहेको लोत्से मलमा रहेको मोवाइल पसलमा लुटपाट गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्