१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


केपी ओली कप : नेता र कलाकारबीच मैत्रीपूर्ण फुटबल


0
Shares

काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगिताको उद्घाटनअघि नेता र कलाकारहरु मिलेर फुटबल खेलेका छन् ।

आयोजक युवा संघको पहलमा कलाकारहरु र राजनीतिक दलका नेताहरुबीच मैत्रपूर्ण फुटबल भएको हो ।

उक्त मैत्रीपूर्ण फुटबलमा नेकपा एमालेका नेताहरु महासचिव शंकर पोखरेल, नेता महेश बस्नेत, युवा संघ अध्यक्ष किरण पौडेल, नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य रामप्रसाद सापकोटा लगायतको उपस्थिति रहेको थियो ।

त्यस्तै, कलाकारको तर्फबाट गायक बद्री पंगेनी, अभिनेता धिरेन शाक्य र हास्य कलाकार जितु नेपाल, सागर लम्साल, कुमार कट्टेल, कलाकार शंकर बिसी, गायिका रचना रिमाल लगायतको उपस्थिति रहेको थियो ।

युवा संघले फागुन ११ देखि केपी ओली कप राष्ट्रिय च्याम्पियनसिप आयोजना गर्दैछ ।