२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


शताब्दी पुरुषको घरमा हुर्किएको ‘बोधिवृक्ष’ काटियो


4.433k
Shares

काठमाडौं । शताब्दी पुरुष स्व. सत्यमोहन जोशीको घरमा हुर्किएको बोधिवृक्ष काटिएको छ ।

जोशीको निधन भएको चार महिना नवित्दै ललितपुरमा रहेको उहाँको घरको आँगनमा हुर्किएको बोधिवृक्ष काटेर फालिएको हो ।

बोधिवृक्ष कसले र कहिले काटेको थाहा हुन नसके पनि छिमेकीका कारण जोशीकै परिवारको स्वीकृतिमा त्यहाँ रहेको बोधिवृक्ष लगायतका अन्य रुख काटेको स्थानीयले जनाएका छन् । पछि घर बनाएर बस्न आएका छिमेकीले बोधिवृक्षको जराले आफनो घरको जग विग्रने भन्दै बोधिवृक्ष काट्न दवाव र झगडा गर्न आएको जनाइएको छ ।

लुम्बिनीमा काटिएको ऐतिहासिक बोधिवृक्ष ‘टिस्यु कल्चर’ प्रविधिबाट शताब्दी पुरुष जोशीको घरमा हुँर्किदै थियो । जोशीले सन् २०१६ मा घरको आँगनमा बोधिवृक्ष रोप्नुभएको थियो ।

साथै जयबागेश्वरीमा रहेको भगवान बुद्ध जन्मिएको मायादेवीको मुर्तिको प्रतिरुप र आँगनमा दुई वटा बौद्ध थुर स्थुपा समेत स्थापना गर्नुभएको छ । आँगनलाई आध्यामिक स्थलको रुपमा विकास गर्ने जोशीको अन्तिम इच्छा थियो ।