२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


पूर्वप्रधानमन्त्री खनाल भारत प्रस्थान


715
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनाल बिहीबार भारत प्रस्थान गर्नुभएको छ ।

भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी लेनिनवादी) लिबरेसन पार्टीको ११ औँ अखिल भारतीय महाधिवेशनमा विशिष्ट अतिथिका रुपमा सहभागी हुन पूर्वप्रधानमन्त्री नेता खनाल त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

भारतको पटनामा हुने महाधिवेशनमा नेता खनालले भारतीय कम्युनिष्ट, वामपन्थी र समाजवादीका शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम तय भएको खनालको सचिवालयले जनाएको छ ।

पार्टीका विदेश विभाग प्रमुखसमेत रहेका नेता खनाल नेतृत्वको भ्रमण प्रतिनिधिमण्डलमा पार्टी उपाध्यक्ष प्रमेश हमाल, सम्मानित नेता खनालका पत्नी रविलक्ष्मी चित्रकार र पार्टी विदेश विभाग सचिव डा. शङ्कर खतिवडा रहेका छन् । प्रतिनिधिमण्डलको दुई दिनको कार्यक्रम सकेर काठमाडौं फर्कने कार्यक्रम छ ।